राससको ५९ औं वार्षिकोत्सव मनाईयो, सर्वोत्कृष्ट पुरस्कारबाट हेटौंडाका पत्रकार दाहाल सम्मानित

हेटौडा न्युज
७ फाल्गुन २०७६, बुधबार २०:१३
;

राष्ट्रिय समाचार समितीको ५९ औं वार्षिकोत्सव हेटौंडामा मनार्ईएको छ । राससको बागमती प्रदेश कार्यालय, हेटौंडाको आयोजनामा वार्षिकोत्सव मनाईएको हो ।

प्रदेशका अध्यक्ष सुरेश झाको सभाध्यक्षता र आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) को प्रदेशस्तरको सर्वोत्कृष्ट संवाददाताका रुपमा बागमती प्रदेशबाट रासस वर्ष सर्वोत्कृष्ट पुरस्कारबाट हेटौंडाका पत्रकार रिपेश दाहाललाई सम्मान गरिएको छ । उनलाई राससले प्रदेशभरबाट उत्कृष्ट घोषणा गर्दै नगद रु १५ हजार सहित सम्मान गरेको हो ।

आज हेटौंडाको न्युज क्लब नेपालमा भएको राष्ट्रिय समाचार समिति (रासस) को ५९ औं वाषिर्कोत्सवमा  बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल ले प्रदेश सरकार श्रमजीवी पत्रकारको हितमा काम गरिरहेको बताएका छन् । उनले प्रदेश सरकारले श्रमजीवी पत्रकारहरुको हितको लागि थुप्रै कार्यक्रमहरु बनाएको समेत बताए । 

वाषिर्कोत्सव कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल,हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल,नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरी हुँमगाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर लगाएतले मन्तव्य राखेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*