लागुऔषधसहित हेटौंडाका दुई युवा पक्राउ

हेटौडा न्युज
७ फाल्गुन २०७६, बुधबार २०:४५
;

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा–५ पिप्ले बस्ने बर्ष २५ को सुवाष अर्याल र हेटौडा ८ कमाने बस्ने बर्ष २५ को बिकाश कार्की रहेका छन् । उनीहरुको साथबाट डाईजोपाम १६ एम्पुल, फेनरागन १६ एम्पुल,नोर्फिन १६ एम्पुल गरी जम्मा ९३ एम्पुल फेला पारेको थियो ।  

हेटौंडा –१५ रातोमाटे चेक पोष्टमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना. ८ ख २८३१ नम्बरको बस चेक जाँच गर्ने क्रममा सोही बसमा सवार भई आएका उनीहरुलाई सो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उपर २ बर्ष देखि १० बर्ष सम्म कैद र रु. १० हजार  देखि रु.५० हजार सम्म जरिवाना हुने प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*