साढे दुई किलो गाँजासहित दुईजना मकवानपुर प्रहरीको फन्दामा
साढे दुई किलो लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतको बिहार जिल्ला पश्चिम चम्पारण, बेतिया कालाबाघ बस्ने १९ वर्षीय सर्तोज आलम र सोही ठाउँ बस्ने १९ वर्षीय समिर आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ४६०४ नम्बरको यात्रुवाहक बसलाई हेटौंडा–५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागूऔषध गाँजा फेला परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।