काभ्रेको जङ्गलमा मानव कंकाल फेला
काभ्रेमा एक पुरुषको कंकाल फेला परेको छ । तेमाल गाउँपालिका–५ पोखरी नारायण स्थानको कुलकुटे सार्वजानिक जंगलमा बुधबार दिउँसो मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयबासीबाट मानव कंकाल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक गोविन्दप्रसाद अधिकारी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।
निरीक्षक अधिकारीका अनुसार मानव कंकाल भेटिएको स्थानमा पुगी आवश्यक मुचुल्का उठाएर फर्किदै गरेको बताएका छन् । मानव कंकालको परीक्षणका लागि कुन अस्पतालमा पठाउने भन्ने निर्णय भई नसकेको उनले बताए ।
उक्त शवको प्रकृति हेर्दा पुरुषको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।