नेम इन्स्टिच्युटमा निशुल्क अध्ययन

हेटौडा न्युज
८ फाल्गुन २०७६, बिहीबार १६:५५
;

हेटौंडामा रहेको नेशनल एलाइन्स अफ माष्टरर्स एजुकेटर्स (नेम) इन्स्टिच्युटले एमबीएस दोश्रो सेमेष्टरको प्रोडक्सन एण्ड अपरेशन मेनेजमेन्ट (पीओएम) का लागि निशुल्क ट्युशनको व्यवस्था गरिरहेको जनाएको छ । इन्स्टिच्युटका अनुसार विहान ७ बजेबाट ९ बजेसम्म एमबीएस दाश्रो सेमेष्टरमा अध्ययनरतहरुका लागि सो व्यवस्था गरेको जनाएको हो ।

सो कोर्ष अध्ययनका लागि सामान्यतयाः ४ हजार रुपैया लाग्ने भएतापनि २५ जना विद्यार्थीहरुका लागि निशुल्क अध्ययनको व्यवस्था मिलाएको इन्स्टिच्युट व्यवस्थापनले बताएको छ ।

निजी तथा व्यवसायिक भएता पनि सामाजिक उत्तरदायित्वका लागि निशुल्क कक्षा सञ्चालन गराईएको प्रबन्ध निर्देशक किशोर अर्यालले बताएका छन् ।

हेटौंडा वडा नम्बर–४ को स्कूलरोडमा रहेको सो इन्स्टिच्युटले विभिन्न सरकारी कार्यालयहरुका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेको जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*