सुनको भाउले हालसम्म कायम उच्च मूल्यको रेकर्ड तोड्यो
बिहीबारको सुनको भाउले हालसम्म कायम भएको उच्च मूल्यको सबै रेकर्ड तोडेको छ । नेपाली बजारमा सुनको भाउ तोलामै ७८ हजार नजिक पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले बिहीबारका लागि तोकेको छापावाला सुनको प्रतितोला मूल्य ७७ हजार ६०० सय छ । बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो ।
यस्तै बिहीबार तेजावी सुन पनि प्रतितोला ५०० रुपैयाँले बढेर ७७ हजार ३०० रुपैयाँमा पुगेको छ भने चाँदीको भाउमा पनि बिहीबार वृद्धि भएको छ ।
चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ९१५ रुपैयाँ पुगेको छ । बिहेको सिजनमा सुनको भाउ दैनिक उकालो लाग्न थालेपछि कारोबार प्रभावित भएको व्यवसायीहरु बताएका छन् ।
अघिले वर्ष फागुनमा दैनिक ४० देखि ५० किलोसम्म सुन बिक्री हुने गरेकोमा अहिले दैनिक २०र२२ किलोमा सिमित भएको महासंघले जनाएको छ ।