मन्त्री बाँस्कोटालाई राजीनामा दिन दबाब, प्रधानमन्त्रीले बोलाए बालुवाटार
७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई राजीनामा दिन दबाब परेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले बाँस्काटोले राजीनामा दिनु ठीक हुने सुझाव दिएका छन् ।
बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको छलफलमा राजीनामा दिँदा ठीक हुने भन्दै बाँस्कोटाको राजीनामा गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बालुवाटार स्रोतले बताएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल ७० करोड बढीको कमिसन डिल गरेको दाबी सहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो ।
प्रिन्टिङ प्रेस सम्बन्धी स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्र सो अडियो लिक गराएका हुन् ।