सप्ताहको प्रचारप्रसारका लागि मोटरसाइकल ¥याली

मकवानपुरगढी गाउँपालिका–५ सुन्दरधामस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा लगाइने श्री मद्भागवत सप्ताहको पूर्वसन्ध्यामा प्रचारप्रसार गर्दै मोटरसाइकल ¥याली निकालिएको छ ।
श्रीकृष्ण प्रणमी सेवा समिति नेपाल, मकवानपुरगढीको ४१ औं वार्षिकोत्सवको अवसरमा भूकम्पले क्षतिग्रस्त मन्दिर निर्माणार्थ भोली फागुन ९ गतेदेखि श्रीमद्भागवत सप्ताह सुरु हुँदैछ । मन्दिर निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले गर्न लागिएको श्रीमद्भागवत फागुन १५ गतेसम्म जारी रहने छ ।
आज बिहीवार भागरथीटोलस्थित सुन्दरधामबाट महायज्ञको प्रचारप्रसारको लागि मोटरसाइकल ¥याली गरिएको थियो । ¥याली मकवानपुरगढी–६ बाग्दली, डुम्रेकुना हुदैं गढी–२ को बाँसपानीबाट शिखरकटेरी हुदैं मक्रान्चुलीबाट धादिङ, कालिवन, सिमलटार पुगी पुनः मन्दिरमा आएर समापन गरिएको थियो ।
मन्दिरको निमार्णलाई पूर्णता दिन २ करोड रुपैयाँ लागत अनुमान छ । महायज्ञबाट ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य मन्दिर सञ्चालक समितिको छ । उक्त मन्दिर गाउँपालिकाको प्रमुख धार्मिक पर्यटकीय स्थल हो ।
महायज्ञमा नेपालकै प्रथम भागवत वाचिका तारा घिमिरेले कथा वाचन गर्नु हुनेछ । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको मकवानपुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको महायज्ञ मूल आयोजक समारोह समितिका देवि प्रसाद अधिकारीले जानकारी दिनु भयो ।