चितवनमा निमार्णाधिन रंगशालालाई सन्दीप लामिछानेको एक लाख ४१ हजार सहयोग
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमका लागि क्रिकेट खेलाडी सन्दीप लामिछानेले सहयोग रकम हस्तान्तरण गरेका छन्।
चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनद्धारा चितवनमा निमार्णाधिन रंगशालाका लागि सन्दीप र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ रकम हस्ताण्तरण गरेका हुन् ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी सन्दिपले आफूले घोषणा गरेको रकम धुर्मुस– सुन्तलीलाई हस्तान्तरण गरेको जानकारी गराएका हुन् । सन्दीपले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
सन्दीपले अमेरिकासँगको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित लिएको ८ विकेट बराबरको रकम प्रदान गरेका हुन्। सन्दिपले आफ्नोतर्फबाट ७० हजार ७ सय ४ रुपैँया दिएका छन् भने उनका एजेन्ट तल्हा इसामले पनि त्यती नै रकम थप्दै सहयोग गरेका हुन्।











