पोखरीमा डुवेको अवस्थामा  ३ वर्षीय बालकको शव फेला 

हेटौडा न्युज
९ फाल्गुन २०७६, शुक्रबार १८:३७
;

पोखरीमा डुवेको अवस्थामा  ३ वर्षीय बालकको शव फेला परेको छ । सिरहाको कल्याणपुर नपा ३ इटारीपर्साहीका राजकुमार मण्डलको छोरा ३ वर्षीय आयुष मण्डल आज शुक्रबार बिहान पोखरीमा मृत फेला परेको हो । 

हिजो छिमेकीको विवाह रहेकाले कतिखेर हराएको भन्ने एकीन नभएपनि साँझमा बच्चा खोज्दा फेला नपरेको स्थानीय जगदिश मण्डलले बताए । 

बच्चा नभेटिएपछि रातभरी खोज तलास गरेपनि बिहानमात्र पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद अधिकारीले जनाएको छ । 

अहिले सम्म बच्चा आफै खेल्दै जाने क्रममा डुवेको हुन सक्ने अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी अधिकारीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*