मकवानपुरमा एक साताको अवधिमा आठ जोडीको बालविवाह रोकियो

हेटौडा न्युज
९ फाल्गुन २०७६, शुक्रबार १९:५४
;

मकवानपुरका विभिन्न स्थानमा एक साताको अवधिमा आठ जोडीको बालविवाह रोकिएको छ । मकवानपुरको भीमफेदी, बकैयाँ, मकवानपुरगढी र हेटौंडा उपमहानगरपालिकामा गरी आठ जोडीको बालविवाह रोकिएको हो ।

सिविन बाल हेल्पलाइन मकवानपुरका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीका अनुसार भीमफेदी गाउँपालिकाका ५ जना बालिका २ जना बालक / २ जना युवक गरी ९ जना, बकैया गाउँपालिकाका १ जना बालिका/१ जना बालक÷१ जना युवक गरी ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना बालिका र हेटौंडा नगरभित्रका २ जना बालिका/१ जना बालक गरी ३ जनाको बालविवाह रोकिएको छ । स्थानीय गाउँपालिका र वडा कार्यालयको नेतृत्वमा प्रहरी, सामाजिक विकास मन्त्रालय, सिविन बाल हेल्पलाइनसँगको समन्वयमा बालबालिकाहरु उद्धार गरिएको ज्ञावलीले बताएका छन् । 

उद्धार पश्चात् बालबालिकाहरु मनोसामाजिक मनोविमर्श सेवाको लागि बाल हेल्पलाइनको संरक्षण गृहमा राखिएको छ ।  सिविन हेल्पलाइनको सन् २०२० जनवरीदेखि हालसम्म २२ वटा बालविवाह रोकेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*