शिवरात्रीः डोरी टाँगेर सहयोग माग्दै गरेका ९ वर्षीय बालकको बसले किचेर मृत्यृु
शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको बसले किचेर मृत्यु भएको छ ।
कालिञ्चोक गाउँपालिकामा ९ सुन्द्रावतीका ९ बर्षीय पुजन थामीको यात्रुबाहक बसको पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको हो ।
सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले आज साँढे ११ बजे बालकलाई बसको पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको हो ।
शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालवालिकाको समूहलाई बसले डोरी सहित लतार्दा पछाडि पट्टिको चक्काले किचेर मृत्यु भएको स्थानियबासील जनाएको छ । मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ ।