पशुपतिमा आगलागी  

हेटौडा न्युज
९ फाल्गुन २०७६, शुक्रबार २१:३७
;

पशुपतिनाथ क्षेत्रको एक मन्दिरमा आगलागी भएको छ । भारतबाट आएका एकजना साधुले मन्दिरभित्रै मुडा बालेर धुनी जगाएपछि मन्दिरमा आगो सल्केको हो । ढुङेगै ढुङ्गाबाट बनेको सो मन्दिरमा रहेको काठको थाममा आगो सल्किएपछि आगो लागी भएको हो ।

प्रहरीको विपद व्यवस्थापनको टोलीले झन्डै आधा घण्टा लगाएर आगो निभाएको थियो ।  मन्दिरभित्रै मुडा बालेर बस्दा आगोलागीको जोखिम बढ्ने गरेको छ । 

यो बर्षको शिवरात्रिमा झन्डै २० लाख तीर्थयात्री पशुपतिनाथको दर्शका लागि आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*