सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर टहरामा जोडर चल्यो
सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर टहरामा जोडर लगाइएको छ । काठमाडौं महानगरपालिका –३१ तीनकुनेस्थित जागृतिनगरमा प्रदेशसभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी नेतृत्वको टोलीले डोजर चलाएको हो ।
सरकारी जग्गा खाली गर्न १५ दिने सूचना जारी गरेपनि अटेर गरेकाले डोजर चलाएर टहरा भत्काइएको वडाध्यक्ष भण्डारीले जनाएको छ । ‘पटक पटक सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि आज हामीले भत्काएका हौं’, उनले भने ।
टहरामा बसेकाहरुले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन् । ३५ दिने सूचना दिनुपर्नेमा १५ दिन मात्र दिएर जोडर लगाएको उनीहरुको गुनासो छ ।