सवारी दुर्घटना हुँदा मकवानपुरका एकजनाको मृत्यु
सवारी दुर्घटना हुँदा मकवानपुरका एकजनाको मृत्यु भएको छ । आज आईतबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटमा ट्रक दुर्घटना हुँदा भीमफेदी गाउँपालिका वडा नम्बर १ भैसे बस्ने बिखे थोकरको मृत्यु भएको हो ।
सो दुर्घटनाबाट गम्भीर घाईते भएका थोकरलाई गजुरी अस्पतालतमा लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट ट्रकको सहचालक सप्तरीको रुपनगर बस्ने १८ वर्षीय राजेश विक घाईते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पृथ्वीलोकमार्गमा बिरगंजबाट बनेपा तर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको शालिकमार सिमेन्ट बोकेको ट्रक आफै अनियन्त्रि भई त्रिशुली नदी किनारामा खसेको थियो ।