अश्लिल भिडियो बनाएको आरोपमा तीन जना पक्राउ

हेटौडा न्युज
११ फाल्गुन २०७६, आईतवार २०:०१
;

अश्लिल भिडियो बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुलीको दुधौली नगरपालिका–६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवारलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेबाट उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*