टर्की र ग्रिस पठाइदिन्छु भन्दै ३९ लाख ठगी गर्ने एक जना पक्राउ
टर्की र ग्रिस पठाइदिन्छु भन्दै ३९ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । अपराध अनुसन्धान महाशाखाको टोलीले बिहीबार मोरङ जिल्ला रतुवामाई नगरपालिका घरभई हाल चुच्चेपाटी काठमाडौं बस्ने ५२ वर्षीय कमलप्रसाद पोख्रेललाई पक्राउ गरेको हो।
पोख्रेलले वर्किङ भिसामा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न मितिमा ३२ जनाबाट ३९ लाख ५६ हजार रकम लिएका थिए ।
लामो समयसम्म पेखरेल सम्पर्कबिहीन भएपछि पीडितहरूले महाशाखामा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा पोख्रेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका लागि पोखरेललाई वैदेशिक रोजगार विभाग पठाइएको महाशाखाका प्रहरी उपरीक्षक मुकेश कुमारले जनाएको छ ।