३० लाख रुपैयाँ चोरी गरेको आरोपमा २० वर्षीय थापा २० लाख नगदसहित पक्राउ
३० लाख रुपैयाँ चोरी गरेको आरोपमा एक व्यक्ति २० लाख ५० हजार नगदसहित पक्राउ परेका छन् ।
प्रहरीले कास्की ठाँटीघाट गाउँपालिका–६ का स्थायी ठेगाना भई हाल काठमाडौं कलंकी बस्दै आएका २० वर्षीय खगेन्द्रकुमार थापालाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखा र ललितपुर परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । भारतीय नागरिक सुरूचि (सुरजु) यादवले संञ्चालन गरेको पशुपति भिभा नामक जुस स्टोरबाट सो रकम चोरी भएको भन्दै उजरी दिएका थिए ।
पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।