दक्षिणासहित बिदा भए शिवरात्रि मनाउन पशुपति आएका साधु 

हेटौडा न्युज
१२ फाल्गुन २०७६, सोमबार ००:००
;

शिवरात्रीका अवसरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको बिदाइ गरिएको छ । 

शिवरात्रीका अवसरमा छिमेकी देश भारत लगायतका विभिन्न ठाउँमा आएका ५ हजारभन्दा बढी साधुसन्तहरुको आइतबार बिदाइ गरिएको हो । गुठी संस्थान र पशुपतिक्षेत्र विकास कोषले बाटो खर्चसहित सन्तहरुको बिदाइ गरेको हो । 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले ५ हजारभन्दा बढी साधुसन्तहरुको बिदाइ गरिएको बताउनुभयो । विभिन्न श्रेणीअनुसार १ हजारदेखि १० हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको उहाँले बताउनुभयो । गुठीको परम्परा अनुसार साधुहरुलाई दक्षीणा दिएर उनीहरुको बिदाइ गरिएको हो।

साधुसन्तहरुका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो । विभिन्न ठाउँबाट आएका सन्तहरुको खाना तथा बस्नको व्यवस्था शिवालय क्षेत्रमा गरिएको थियो । त्यसको व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको कोषले जनाएको छ ।

बिदाइ समारोहमा दक्षिणाको विषयमा असन्तुष्टि जनाउँदै केही साधुसन्तहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।  स्रोत: उज्यालो अनलाईन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*