राक्सिराङमा सूचनाको हक सम्बन्धी दुई दिने तालिम
राक्सिराङ गाउँपालिकामा सूचनाको हक सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।
तालिमको सुरुवात गर्दै नेपाल सरकार पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले स्थानीय सरकार सफल हुनका लागि सुशासनका प्रावधानलाई अबलम्बन गरिनुपर्ने बताएका छन । उनले संघीयता प्राप्तिपछि राक्सिराङ जस्तो दुर्गम गाउँले समेत सरकार प्राप्त गरेको र सरकारले प्रभावकारी भूमिका खेलिरहेको बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, बरिष्ठ पत्रकार प्रभात चलाउने लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थियो । स्टेट भिजन प्रा.लि.को आयोजना तथा राक्सिराङ गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
स्टेट भिजनका अध्यक्ष गिरिजा अधिकारीले स्थानीय तहमा सुशासन कायम गर्न र सूचनाको हक कार्यान्वयन गर्नका लागि तालिम आयोजना गरिएको र विज्ञहरुलाई राक्सिराङमै लगेर तालिमको व्यवस्था गरिएको बताए।
तालिममा कार्यपालिका सदस्यहरु, वडाध्यक्षहरु, वडा सचिवहरु तथा कर्मचारी र बिषयगत शाखाका प्रमुखहरुको सहभागिता छ ।