लागुऔषधसहित तीनजना पक्राउ

हेटौडा न्युज
१२ फाल्गुन २०७६, सोमबार १८:१३
;

लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले म्याग्दीका दुईजना र बागलुङका एकजनालाई बागलुङ नगरपालिका(१० भकुण्डेबाट आइतबार पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङका हरि छन्त्याल, बागलुङ नगरपालिका १० भकुण्डे डल्याङका विशाल थापा र रघुगंगा गाउँपालिका ७ चिमखोलाका लक्‍की पुन रहेका प्रहरी निरीक्षक शर्माले जानकारी दिए । 

२० वर्षीय दरवाङका छन्त्याल र चिमखोलाका १८ वर्षीय पुन बेनीमा बस्दै आएका छन् । उनीहरुको साथबाट फेनेरागन १० एम्पुल, नफिन १० एम्पुल, डाइजापाम १० एम्पुल लागुऔषध बरामद भएको छ । 

लागऔषध र तीनैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाइएको छ । उनीहरु लागुऔषध प्रयोगकर्ता र कारोबारी भएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*