खैरो हिरोइनसहित २३ वर्षीया युवती पक्राउ

हेटौडा न्युज
१२ फाल्गुन २०७६, सोमबार १९:१२
;

 खैरो हिरोइनसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झापा शिव सतासी नगरपालिका –११ की २३ वर्षीया वीना डाँगीलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना७ख ५७०२ नम्बरको यात्रुबाहक बसबाट ४.२६ ग्राम खैरो हिरोइनसहित आइतबार साँझ डांगीलाई पक्राउ गरेको हो ।

 प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर हिरोइन  ल्याएको अवस्थामा डाँगीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जनाएको छ । 

 डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारबाही गरिने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*