एक दर्जनभन्दा बढी भारतीय ट्रक मकवानपुर प्रहरीको नियन्त्रणमा 

हेटौडा न्युज
१२ फाल्गुन २०७६, सोमबार २१:२६
;

भैरहवास्थित सुगौली नाकाबाट नेपाल प्रवेश गरेका १३ वटा मालबाहक भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात नियम विपरित क्षमता भन्दा बढी माल बोक्ने भारतीय ट्रकलाई आज सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले नियन्त्रणमा लिएको हो । २५ टन क्षमता भएको ट्रकले ३३ टन माल बोकेपछि  भारतीय ट्रकलाई हेटौंडाका यातायात व्यवसायीहरुको सक्रियतामा नियन्त्रणमा लिईएको हो । 

भारतीय ट्रकलाई जरिवाना गराउन यातायात व्यवस्था कार्यालय हेटौंडामा कारबाहीको लागि पत्राचार गरेको ट्राफिक प्रहरी कार्यालय जनाएको छ । यातायात कार्यालयले २० देखि ३० हजारसम्म जरिवाना लिने  प्रहरी निरीक्षक विष्णुहरि ढकालले जनाएको छ । 

पुर्वी नाकाबाट नेपाल प्रवेश गर्न नपाउने भएपछि पश्चिमी नाकाबाट छिरेका भारतीय ट्रकहरु जनकपुरको लागि कोइला बोकेर हेटौंडातर्फ आउँदै गरेका थिए । 

भैरहवा भन्सारबाट छिरेका भारतीय ट्रकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, भैरहवाले १ हजार जरिवाना तिराएर छोडेको थियो । त्यस यता भारतीय ट्रकले विभिन्न ट्राफिक प्रहरी कार्यालय, सवारी नापतौल (धर्मकाँटा)लाई पार गर्दै हेटौंडासम्म आइपुगेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*