चेपाङ समुदायलाई लायन्स क्लव अफ हेटौँडाको कपडा र खाद्यान्न

हेटौडा न्युज
१२ फाल्गुन २०७६, सोमबार २२:२९
;

लायन्स क्लव अफ हेटौँडाले मनहरी–राक्सिराङ गाउँपालिका वडा नं ५ राबाङ र मनहरी गाउँपालिका वडा नं ९ मुस्लेका चेपाङ समुदायका लागि आवश्यकतामा आधारित कपडा र खाद्यान्न वितरण गरिएको छ ।

लायन्स क्लव अफ हेटौँडाका तर्फबाट सुदर्शन अधिकारीको संयोजनमा कपडा तथा खाद्यान्नको व्यवस्थापन गरिएको हो । राबाङ र मुस्लेमा बसोबास गर्ने चेपाङ समुदायका बालबालिकाहरुका लागि कपडा, बिस्कुट, चाउचाउ लगायत खाद्यान्न बितरण गरिएको थियो । बितरण समारोहमा नलेज भिलेजकी निलम अधिकारी, गंगा लामा, गैससकर्मी नवीन सुवेदी, नेपाल कम्युनिष्ट पार्टी मनहरीका सचिव हेमलाल उप्रेती, सेन्चुरी बैँक मनहरी शाखा प्रमुख सुदन अधिकारी, सञ्चारकर्मी शिवकुमार काशी, न्यू मण्डली मुस्लेका पाष्टर रामकृष्ण प्रजा लगायतको सहभागिता थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published.


*