मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकामा सूचनाको हक सम्बन्धी तालिम

हेटौडा न्युज
१२ फाल्गुन २०७६, सोमबार २२:३१
;

मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकामा सूचनाको हक सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।

तालिमको सुरुवात गर्दै नेपाल सरकार पूर्व सचिव एवम् पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले स्थानीय सरकार सफल हुनका लागि सुशासनका प्रावधानलाई अबलम्बन गरिनुपर्ने बताएका छन् । उनले संघीयता प्राप्तिपछि राक्सिराङ जस्तो दुर्गम गाउँले समेत सरकार प्राप्त गरेको र सरकारले प्रभावकारी भूमिका खेलिरहेको बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, बरिष्ठ पत्रकार प्रभात चलाउने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्टेट भिजन प्रालिको आयोजना तथा राक्सिराङ गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

स्टेट भिजनका अध्यक्ष गिरिजा अधिकारीले स्थानीय तहमा सुशासन कायम गर्न र सूचनाको हक कार्यान्वयन गर्नका लागि तालिम आयोजना गरिएको र विज्ञहरुलाई राक्सिराङमै लगेर तालिमको व्यवस्था गरिएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*