बढी भार बोकेका भारतीय ट्रक ट्राफिक नियन्त्रणमा
क्षमताभन्दा बढी भार बोकेका भारतीय नम्बर प्लेटका मालबाहक ट्रकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले नियन्त्रणमा लिएको छ ।
क्षमताभन्दा बढी भार बोकेर नेपाल प्रवेश गरेका करीब ४ दर्जन बढी भारतीय नम्बर प्लेटका मालबाहक ट्रकहरुलाई कार्वाहीका लागि आज नियन्त्रणमा लिएको हो ।
ट्रकहरु नेपालको भैरहवा भन्सार नाकाबाट बीरगञ्ज, जनकपुरसम्म सामग्रीहरु लिएर नेपाल आएको थियो ।
भैरहवादेखि हेटौंडासम्म करीब २ सय किलोमिटर आउँदा समेत बाटोमा रहेका दर्जनौ प्रहरी पोष्टहरुले थाहै नपाएको देखिएको छ । मकवानपुर ट्राफिकले नियन्त्रणमा लिएका सवारीलाई आवश्यक कार्वाहीका लागि यातायात व्यवस्था कार्यालय पठाएकाछ ।
आफूहरुले बाटोमा रहेका पोष्टहरुमा २ सयदेखि ५ सय रुपैया बुझाउँदै आएको र भन्सार नाकाबाटै बढी सामान ओराल्ने व्यवस्था भए आफूहरुले दुख नपाउने भारतीय ट्रकका चालकहरुले बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले हिजोपनि करीब डेढ दर्जन क्षमता भन्दा बढी भार बोकेका भारतीय मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।