अवैध गुट्खा सहित कलैयाका केशरी प्रहरी नियन्त्रणमा

हेटौडा न्युज
१५ फाल्गुन २०७६, बिहीबार १६:०९
;

भन्सार छलि ल्याएको गुट्खा सहित प्रहरीले एक जनालाई  नियन्त्रणमा लिएको छ । हेटौंडा १० बसपार्कबाट मंगलबार राति  अवैध गुट्खासहित सहित कलैया उपमहानगरपालिका ३ बस्ने लालबाबु केशरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय र बसपार्कबाट खटिगएको प्रहरी टोलिले राजनिबास नाम गरेको २ सय ९४ प्याकेट र तुलसी नाम गरेको २ सय ४० प्याकेट गरी ५ सय ३४ प्याकेट गुट्खा हो सहित केशरीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका केशरीलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय हेटौडा पठाइएको प्रहरीले जनाएको छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*