कोरोना भाइरस विश्वको ४८ देशमा, २८ सय बढिको मृत्यु, ८२ हजार बढि सङ्क्रमित
कोभिड १९ अर्थात् कोरोना भाइरस विश्वको ४८ देशमा फैलिएको छ । चीनको वुहानबाट सुरु भएको भाइरस हाल सम्म ४८ देशमा फैलिएको हो ।
कोरोनाका कारण २८ सय चार जनाको मृत्यु भइसकेको छ भने ८२ हजार एक सय ६६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म कोरोनाका कारण चीनमा मात्रै २ हजार ७ सय ४७ जनाको ज्यान गुमाइ सकेका छन् ।
तथ्याङ्कका अनुसार हालसम्म चीनमा मात्रै ३२ हजार पाँच सय सात जना र चीनबाहिर तीन सय १० जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् ।
चीनपछि इरानमा सबैभन्दा धेरै १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा ७, फ्रान्स र हङकङमा दुई–दुई तथा ताइवान र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ ।
चीनमा गएको २४ घण्टामा थप ३२ जनाको ज्यान गएको छ भने चार सय ३५ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै दक्षिण कोरियामा थप एक जनाको ज्यान गएको र तीन सय ३४ जनामा सङ्क्रमण देखिएको छ ।