शहीद पार्कमा रविन्द्रको शालिक अनावरण
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन पर्यटनमन्त्री अधिकारीको पोखरामा निर्माणाधिन शहीद पार्कमा बनाइएको शालिकको अनावरण गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा १८ जामुनबोटमा निर्माणाधिन शहीद पार्कको पार्कको पूर्वी भागमा अधिकारीको पूर्ण कदको रंगीन शालिकको अनावरण गरेका हुन् ।
अधिकारीको शालिक सुर्खेतका कलाकार तिलवीर सुनार सेन्चुरीले ६ महिना लगाएर बनाएका हुन् । अधिकारीको एक वर्षअघि फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएको थियो ।