सडक दुर्घटनामा मालेका महासचिव सिपी मैनाली घाईते ।

हेटौडा न्युज
१५ फाल्गुन २०७६, बिहीबार २०:१८
;

केही बेरअघि सडक दुर्घटनामा परि नेकपा माले का महासचिव सिपी मैनाली घाईते भएका छन् । झापाबाट काठमाडौं आउने क्रममा महोत्तरी, धनुषा र सिन्धुली सिमाना नजिक बिपी राजमार्गमा सामान बोक्ने ना. ४ च ७६६८ नम्बरको डिआई गाडीसँग नेता मैनाली चढेको बा.७ च २१२० को कार ठोक्किएको जनाईएको छ । दुर्घटनामा नेता मैनालीको दाहिने गोडा भाँचिएको छ भने चालक समेत घाईते भएको जनाईएको छ । उनी सवार कारमा नेता मैनालीसहित छोराबुहारी, नातिनातिना रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।  घाईतेहरुको स्थानीय जनसेवा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published.


*