मकवानपुरका छुट्टा छुट्टै स्थानबाट बिभिन्न लागु औषध सहित ५ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ५ जनालाई पक्राऊ गरेको छ । कार्यालयका अनुसार ईलाका प्रहरी कार्यालय नेवारपानीले आज बिहान करीब ६ बजे हेटौडा –१९ अन्तर्गत पूर्व पश्चिम राजमार्गको सडक खण्डबाट नारायणगढबाट बिरगंजतर्फ जाँदै गरेको ना ६ ख ३५३२ नं.को यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला मकवानपुर कैलाश गाउँपालिका, भार्ताका बर्ष ३२ को शुशिल कुमार स्याङबोको साथबाट ६ किलो लागु औषध गाँजासहित पक्राऊ गरेको छ ।
पक्राऊ परेका स्याङ्गबोलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय १ वर्ष देखि ३ वर्ष सम्म कैद र ५ हजार देखि २५ हजार रुपैयासम्म जरिवाना हुने जनाएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले आज बिहान करीब ९ बजे हेटौडा – १५ अन्तर्गतको पूर्व पश्चिम राजमार्गबाट ना ५ ख ५४२१ नं. को यात्रुवाहक बसमा यात्रारत बारा जितपुर सिमरा वडा नम्बर–१ बस्ने बर्ष ४५ का महमद आलम देवानको साथबाट लागूऔषध नाईट्रोभेट १४ ट्याब्लेट, विनरेक्स ८ पिस, सिम्प्लेक्स प्लस कयाप्सुल २४ पिस फेला परेकोले पक्राऊ गरेको छ ।
सो टोलीले प्रहरी टोलीले पर्सौनी –५ बस्ने बर्ष ३३ को मन्तोष ठाकुरलाई पनि नाईट्रोभेट ७५ ट्याब्लेट सहित ना ६ ख १५३५ नं. को यात्रुवाहक बसबाट पक्राऊ गरेको थियो । पक्राऊ परेकालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाही हुने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पश्पतिनगरको प्रहरी टोलीले ना ६ ख ८९२ नं. को बसबाट हटिया बस्ने वर्ष २४ को दिनेस घलानको साथबाट लागूऔषध ६ बोतल उईनरेक्स र हर्नामाडिका वर्ष २४ को रोशन मालबु को साथ बाट १४ बोतल उईनरेक्स फेला परेकाले उनीहरुलाई समेत पक्राऊ गरेको थियो ।
पक्राऊ परेकालाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाख देखि २० लाख रुपैयासम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।