लागु औषध सहित दुई जना प्रहरी नियन्त्रणमा

हेटौडा न्युज
१७ फाल्गुन २०७६, शनिबार २३:१४
;

मकवानपुर प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राऊ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको चेकिङ टोलीले मनहरी गाउँपालिका तिरतिरे धारा ज्यामिरेबाट उक्त लागु औषध सहित पक्राऊ गरीएको हो ।

पक्राऊ पर्नेमा मनहरी गाउँपालिका वडा नं.७ रमनटारका कुमार मुक्तान (बिकाश) र सोहि ठाउँका श्याम बहादुर तामाङ्ग (रोशन) रहेको प्रहरीले जनाएको छ । 

हेटौडाबाट मनहरी तर्फ जाँदै गरेको अवस्थामा मनहरीको तिरतिरे धारा ज्यामिरेस्थित सडक खण्डमा ना.१४ प ६२२३ नंम्बरको स्पेलन्डर मोटरसाईकललाई रोकी चेक जाँच गर्ने क्रममा उनीहरुले बोकेर ल्याएको २ वटा झोलामा लागु औषध ७३ बोतल (ONREX) फेला परेको हो ।

पक्राऊ परेकाहरु उपर आवश्यक अनुसन्धान तथा कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

पक्राऊ परेका उपर लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम १ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाख देखि २० लाख रुपैयासम्म जरिवाना हुनसक्ने कानुनी प्रवधान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*