चर्चित नायिकाको खुलासाः विवाहित व्यक्तिसँग प्रेममा नपर्नुहोस्, मैले सहेकी छु पीडा

हेटौडा न्युज
२० फाल्गुन २०७६, मंगलवार १४:३१
;

बलिउडकी दिग्गज अभिनेत्री नीना गुप्ता आजकाल इन्स्टाग्राममा ‘सच कहूँ तो’ नामबाट एउटा सिरिज चलाइरहेकी छिन् । उनी यो सिरिजमार्फत् आफ्नो नीजि जीवनसँग जोडिएका किस्सा मानिसमाझ साझा गर्ने गर्छिन् र विभिन्न घटनामा आफ्नो राय व्यक्त गरिरहन्छिन् ।

अब नीनाले एउटा नयाँ भिडियो सेयर गरेकी छिन् जसमा उनले आफ्नो नीजि जीवनसँग सम्बन्धित एक सनसनीपूर्ण खुलासा गरेकी छिन् । भिडियो सोसल मिडियामा तीब्र रुपमा फैलिरहेको छ ।
भिडियोमा नीना गुप्ताले भनिन् – साँच्चै भन्ने हो भने म तपाईंलाई केही यस्ता डायलग सुनाउँछु जुन तपाईंमध्ये कतिले सुन्नुभएको पनि होला । ‘उनले मलाई उनी र उनकी श्रीमती एक अर्कालाई मन पराउँदैनन् त्यसकारण चाँडै नै अलग्गिँदै छन् भन्छन् ।’
‘यस्तोमा तपाईं एक विवाहित व्यक्तिसँगको प्रेममा पर्नुहुनेछ । तपाईं उनलाई श्रीमतीसँग अलग्गिन भन्नुहुनेछ तर उनले भन्छन्, ‘नाई…बच्चा छन् । हेरौं पछि के हुन्छ ।’
‘तपाईंलाई उनीसँग ठूलो आशा हुन्छ । तपाईंलाई उसँग बिदा मनाउन पनि जान मनलाग्छ । उनलाई समस्या हुन्छ किनभने घरबाट के भनेर निस्कने । त्यसपछि उनले झुटो बोल्छन् ।’

‘त्यसपछि तपाईंलाई उनीसँग रात बिताउन मन लाग्छ । तपाईंले उनलाई दबाब दिन थालेपछि उनले होटल वा कुनै स्थान खोजेर तपाईंसँग रात बिताउनेछन् ।’

‘पछि तपाईं उनीसँग थप रात बिताउन चाहनुहुन्छ । अन्त्यमा तपाईं उनीसँग विवाह गर्न चाहनुहुन्छ र तपाईंले उनलाई श्रीमतीसँग सम्बन्धविच्छेदका लागि दबाब दिइरहनुहुनेछ ।’

‘त्यसपछि उनले थोरै प्रतिक्षा गर्न भन्छन् । त्यति सजिलो हुँदैन । सम्पत्ति छ । बैंक अकाउन्ट छन्, धेरै कुरा हुन्छन् भन्छन् । त्यसपछि तपाईं तनावमा पर्न थाल्नु हुनेछ ।’

‘कतिपटक त तपाईंलाई उनकी श्रीमतीलाई फोन गरेर उनको बानी बारे भनिदिन मन पनि लाग्छ । अन्त्यमा यो यति जटिल हुन्छ कि ती व्यक्तिले पनि सोच्छन् कि अब यस्तो जटिल परिस्थितीमा पर्दिनँ ।’

‘त्यसपछि उनले तपाईंलाई आफ्नो जीवनबाट बाहिरिन भन्छन् । त्यसैले साँचो भन्ने हो भने कहिले पनि विवाहित व्यक्तिसँगको प्रेममा नपर्नुहोस् । मैले यस्तो गरेको छु । म चिन्तित भएकी छु । त्यसकारण मैले तपाईंलाई यो सब भनिरहेकी छु । यस्तो जञ्जालमा पर्ने कोसिस नगर्नुहोस् ।’

Source:ratopati.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*