मकवानपुरमा एक वर्षमा ७० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना

हेटौडा न्युज
१६ पुष २०७९, शनिबार १६:५७
;

१६ वर्षीया बालिकालाई ०७९ बैसाख १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले राक्सीराङ गाउँपालिका–७ सरोबोमका २९ वर्षीय काकालाई ०७९ असोज ८ गते गिरफ्तार ग¥यो । पीडितपक्षले ०७९ बैशाख १७ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिए । इलाका प्रहरी कार्यालय मनहरीले आरोपितविरुद्ध ०७९ असोज २६ गते मकवानपुर जिल्ला अदालतमा हाडनाता करणी कसुरमा मुद्दा दर्ता ग¥यो । जिल्ला न्यायाधिस श्रीप्रसाद सञ्जेलको इजलासले कात्तिक ३ गते आरोपिलाई पुर्पक्षका लागि थुनामा पठायो ।

त्यस्तै ३२ वर्षीया महिलालाई ०७८ चैत १ गते बलात्कार गरेको आरोपमा राक्सीराङ गाउँपालिका– ८ खैराङ घरभई मनहरी गाउँपालिका– ६ सुनाचुरी बस्ने ३२ वर्षीय कृष्ण भन्ने दुधराज बिसुरालविरुद्ध पीडित पक्षले जेठ १९ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिए । आरोपितलाई प्रहरीले ०७९ जेठ २० गते गिरफ्तार ग¥यो । पीडित महिलाको प्राथमिक स्वास्थ केन्द्र मनहरीमा स्वास्थ परिक्षण जेठ १९ गते भयो । प्रहरीले आरोपित विरुद्ध जेठ २४ गते मकवानपुर जिल्ला अदालतमा जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता ग¥यो । जिल्ला न्यायाधिस डिल्लीरत्न श्रेष्ठको इजलासले ०७९ असार १४ गते पुर्पक्षका लागि थुनामा पठायो । ०७९ असोज ३० गते न्यायाधिस श्रीप्रसाद सञ्जेलको इजलासले मुद्दाको अभियोग दावी नपुग्ने भनी पैmसला सुनायो । यी र यस्तै मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सन् २०२२ मा मकवानपुरमा ७० वटा घटेका छन् । शनिवार हेटौंडामा भएको इन्सेकको पूर्व बार्षिक समिक्षा कार्यक्रममा यस्ता मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना मकवानपुर जिल्लामा यो वर्ष केहि मात्रामा घटेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० ओटा घटनामा राज्यपक्षबाट ७ जना र अन्यपक्षबाट ६६ जना मानिस पीडित भएका छन् । जसमध्ये ५० जना महिला २२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भए । बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कारका ३ जना यौन दुव्र्यवहारका घटना र १ नवजात शिशु हत्याको घटनामा पीडित भएकाछन् ।

महिला अधिकारका घटनामा २५ जना पीडित भएकोमा १० जना बलात्कार, ४ जना बलात्कारको प्रयास, ४ जना बहुबिबाह र १ जना बेचबिखनको घटनामा पीडित भएको इन्सेकले सार्वजनिक गरेको छ । यस अवधिमा ८ ओटा हत्याका घटना भएकाछन् । जसमा ३ जना महिला र ५ पुरुष छन् । यस्तै १४ ओटा हत्या प्रयासका घटनामा ३ महिला, १० जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएका छन् ।
यस वर्ष परिवारजनबाट ४ जना बालिका सहित ५ ओटा बलात्कार, १ यौन दुव्र्यवहार, १ बलात्कार प्रयास र १ नवजात शिशु (छोरी) सहित ६ ओटा हत्याको घटना भएको तथ्याङ्क छ ।

गतबर्ष सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७८ ओटा घटनामा अन्य पक्षबाट ७८ जना मानिस पडित भएका थिए । जसमध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भए । बाल अधिकारका घटनामा ३४ जना बालिकामा २८ जना बलात्कार, ५ जना यौन दुव्र्यवहार र १ जना बेचबिखनको प्रयासबाट पीडित भएका छन् । महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, ५ जना बलात्कार प्रयास, १ जना यौन दुव्र्यवहार र ६ जना बहुबिबाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ । यस अवधिमा १० ओटा हत्याका घटना भएकाछन् । जसमा ५ जना महिला र ४ पुरुष छन् । भने एक कुटपिटको घटना इन्सेकले तथ्याङ्क सार्वजनिक गरिएको छ ।

सन् २०२० मा मकवानपुरमा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको तथ्याङ्क छ । गतबर्षको तथ्याङ्कसंग यस बर्षको घटना तुलना गर्दा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा खासै अन्तर नभएको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*