थुनेलो रोग नियन्त्रणमा विभिन्न कार्यक्रम सम्पन्न (भिडियोसहित)

हेटौंडा । पछिल्लो समय पशुपालक किसानहरुका लागि पशुहरुमा लाग्ने थुनेलो रोग निक्कै चुनौतिको विषय बन्दै गएको छ ।
बागमती प्रदेश सरकारको प्रदेश दुग्ध विकास बोर्डले थुनेलो रोग रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बोर्डले रोग नियन्त्रण गर्न बार्षिक कार्य योजना नै बनाएको छ ।
यसै सन्दर्भमा बोर्डले आ.व. ७९।८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत स्थलगत थुनेलो रोग नियन्त्रणको लागि प्रविधि प्रचार प्रसार कार्यक्रम मकवानपुर, काभ्रे, चितवनमा सम्पन गरेको छ । त्यस्तै गत पौष १८ गते मकवानपुरको बकैया गाउपालिकामा समेत थुनेलो रोग रोकथामका विभिन्न कार्यक्रम गरेको थियो । बोर्डका निमित्त निर्देशक डा.सजिता ज्ञावली, बकैया गाउपालिकाको उपाध्यक्ष भक्तबहादुर खत्री सहितको उपस्थितिमा कार्यक्रम भएको थियो । किसानहरुका लागि जयनचेतनामूलक सामग्री डा. आभास काईरालाले किसानहरुलाई बुझाउने कार्य गरेका थिए । ्ष्
बोर्डको मुख्य आयोजनामा गत पौष २० गते काभ्रेको धलिखेल नगरपालिका वडा न.११ मा बोर्ड उपाध्यक्ष टिका बल्लब सापकोटाको उपस्थितिमा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र काभ्रेका निमित्ति प्रमुख राजकुमार हुमागाई र डाक्टर उमेश थापा मगरले थुनेलो रोगका बारेमा किसानहरुलाई प्रस्तुतिकरण दिएका थिए ।
प्रदेश दुग्ध विकास बोर्डले थुनेलो सम्वन्धी जनचेतना फैल्याउनका लागि ब्रोसर वितरण, टिट डीपिङ्ग कप र टिट डिपिङ्ग केमिकलहरु किसानहरुलाई निशुल्क वितरण गरिएको थियो भने, थुनेलो जाँचका विभिन्न टुल्सहरु वितरण गरिएको थियो ।
भिडियो: