९ सय ग्राम सुनसहित ८५ लाख बराबरको धनमाल चोरी

हेटौडा न्युज
१९ फाल्गुन २०७६, सोमबार १९:२९
;

काठमाण्डौंको लाजिम्पाटबाट ८५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । दीलिपकुमार श्रेष्ठले सञ्चालन गरेको पर्बी ज्वेलरर्सबाट उक्त परिणामको धनमाल चोरी भएको हो । 

ज्वेलरी सञ्चालक श्रेष्ठका अनुसार करिब ९०० ग्राम सुन र केही किलो चाँदी चोरी भएको छ । यसैगरी दुई लाख ४५ हजार रुपैयाँ नगदसमेत चोरी भएको बताइएको छ ।

‘कुल ८५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको  महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्तासमेत रहेका एसएसपी श्यामलाल ज्ञवालीले जनाएको छ । 

उनले सिसिटिभी फुटेजसमेत प्राप्त भएको र अनुसन्धान जारी रहेको जानकारी दिएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*