वुहानबाट उद्दार गरिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि, सबैलाई आजै घर पठाइने
चीनको वुहानबाट उद्दार गरिएर ल्याइएका १ सय ७५ जनामा कारोनाको संक्रमण नभएको पुष्टि भएको छ । सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिएपछि सबैलाई आजै घर पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाएको छ ।
गत फागुन ४ गते वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको थियो । उद्दार गरेर ल्याइएकाहरुले भक्तपुरको खरिपाटीमा १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको थियो।