नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै ३० जना नेपालीलाई दुबईबाट फिर्ता पठाए

हेटौडा न्युज
१९ फाल्गुन २०७६, सोमबार २२:५५
;

३० जना नेपालीलाई दुबईबाट फिर्ता पठाइदिएको छ । रोजगारीका लागि बहराइन जान लागेका नेपालीहरुलाई यूएई सरकारले  दुबईबाट फिर्ता पठाएको हो । 

नेपालको बहराइनसँग सिधा उडान नभएकाले दुबई हुँदै जान लागेका उनीहरुलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भएको आधारमा फिर्ता पठाएको परराष्ट्र मन्त्री ज्ञवालीले जनाएको छ । उनीहरु नेपाल आइसकेको हुनसक्ने पनि उहाँले बताए ।

यसैबीच सरकारले अत्यावश्यक काम बाहेक विदेश नजान नेपालीलाई आग्रह गरेको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक काम भएका बाहेकलाई विदेश नजान आग्रह गरिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

चीन, जापान, दक्षिण कोरिया, इरान लगायत कोरोना प्रभावित देशमा ट्राभल एडभाइजरी नै जारी गरिएको र अरु देशमा जाने नागरिकलाई पनि सकेसम्म नजान आग्रह गरिएको छ । सरकारले देशभित्र पनि भोजभतेर तथा सभा, सम्मेलन नगर्न पनि अनुरोध गरेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*