शंकास्पद स्वदेशी र विदेशीलाई तत्काल आइसोलेसन वार्डमा राख्‍न सर्वोच्च अदालतको आदेश

हेटौडा न्युज
१९ फाल्गुन २०७६, सोमबार २३:०५
;

कोरोनाको त्रास बढिरहेका बेला शंकास्पद स्वदेशी र विदेशी नागरिकलाई तत्कालै आइसोलेसन वार्डमा राख्ने व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै सोमबार यस्तो आदेश दिएको हो । 

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने शंकास्पद स्वदेशी र विदेशी नागरिकलाई आइसोलेसन र क्वारेन्टाइनमा राखी छुट्टै उपचारको व्यवस्था गर्न आदेस दिइएको हो ।

“कोरोना भाइरसको संक्रमण गम्भीर रुपमा फैलिएको चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानज आदि देशबाट साझै वा ट्रान्जिट भएर विमानस्थलमाअवतरण गर्ने उडानको अवस्था र परिस्थिति मूल्यांकन गरी जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका जागि अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र तीन देशका नागरिकलाई स्वास्थ्य परीक्षणविना प्रवेशमा रोक लगाउनू ,” आदेशमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*