बलात्कारको आरोप लागेका सिद्धबाबाले गरे आत्मसमर्पण

२० फाल्गुन २०७६, मंगलवार १८:४४
अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् ।
उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए ।