१९ वर्षीय युवक र १५ वर्षीय युवती मृत अवस्थामा फेला, घटना शंकास्पद
सुनसरीमा युवक र युवतीको शव फेला परेको छ । बराहक्षेत्र –७ देवीघाटका १९ वर्षीय पारस लिम्बु बराहक्षेत्र –६ ठाकुरबारीको कोशी किनारमा पानी जमेको खाल्डोमा उनी मृत फेला परेका हुन् । घरबाट कसैलाई नभनी उनी गएको पारिवारीक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
सोही स्थानमै देवीघाट बस्ने १५ वर्षीया मौसम बर्देवा पनि मृत अवस्थामा फेला परेकी छिन् । घटनास्थलमा पुगेका पारसका बुबा पूर्णबहादुरले सोही स्थानमा पारसको मोबाइल र चप्पल देखेपछि लागि प्रहरीमा खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पानीमा तैरिएको अवस्थामा बालिकाको शव निकालेका थिए । सोही खाल्डोमा पारसको पनि शव फेला पारेको थियो। दुवैको शव एकै ठाउँमा फेला परेपछि शंकास्पद घटना भन्दै अनुसन्धानमा प्रहरी टोलि जुटेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।