६ किलो सुन सहित एक भारतीय हेटौंडाबाट पक्राउ
६ किलो २ सय ८९ ग्राम (५३९ तोला) सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत कर्नाटक राज्यका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई उक्त परिणामको सुनसहित पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा प्रहरीले हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बसमा अनेकलको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बरामद सुनको बजार मूल्य करिब चार करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ रहेको एसपी सुशिलसिं राठौरले जनाएको छ ।
अब्दुलले मोटर पार्टसभित्र जडान हुने फालामको ब्यरिङ, फलामको पास्ताको ब्यरिङ, फलामको मिटर ब्यरिङमा सुन लुकाएर ल्याएका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










