दश दलीय मोर्चाको संसद घेराउ गर्ने कार्यक्रम स्थगित

२० फाल्गुन २०७६, मंगलवार २१:५४
दश दलीय मोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता खारेजी तथा अतिक्रमित भूमि फिर्ताको माग गर्दै मोर्चाले भोलि संसद घेराउ गर्ने कार्यक्रम स्थगित गरेको छ ।
अतिक्रमित भूमि फिर्ताको माग गर्दै मोर्चाले भोलि संसद घेराउ कार्यक्रम राखेको थियो । तर कोरोना भाइरसको संक्रमणको खतरालाई ध्यानमा राखेर आन्दोलनका कार्यक्रम स्थगित गरिएको मोर्चाका अध्यक्ष सीपी गजुरेलले जानकारी दिए ।