कोरोनाको त्रासः महिला दिवसको कार्यक्रम स्थगित 

हेटौडा न्युज
२१ फाल्गुन २०७६, बुधबार १७:४०
;

कोरोनाको कारण महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा गर्न लागेको कार्यक्रम स्थगित भएको छ । 

मन्त्रालयकी शाखा अधिकृत वष्टिका गिरीका अनुसार कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर दिवसका अवसरमा गर्न लागिएका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो ।

महिला दिवस मार्च ८ का दिन मनाइन्छ । दिवसका अवसरमा हरेक वर्ष कार्यक्रम गर्दै आएको मन्त्रालयले यस वर्ष पनि र्‍यालीसहितको साझा अभियान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो ।

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले भेला, जमघटलगायतका कार्यक्रम नगर्न आग्रह गरेको छ ।  सत्तारूढ नेकपाले मंगलबार र बुधबार झापामा तय गरेको २ कार्यक्रम स्थगित गरेको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*