जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज०००७ नम्बरको जीप वीरेन्द्रनगर १५ राउटे गल्छेना भन्ने ठाउँमा दुर्घटना भएको हो।
जीप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जीपमा सवार सात जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रवि रावलले जनाएको छ ।
मृत्यु भएकाहरुको सनाखत भने हुन सकेको छैन । घाईतेहरुलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउन लागिएको प्रहरीले जनाएको छ ।