प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभामा विशेष प्रस्ताव पारित
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । दोस्रो पटक मिर्गौलाको प्रत्यारोण गरिरहनुभएका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो ।
बैठकले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस् भन्ने कामना समेत गरेको छ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिन लागेको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।