प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, ‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको छ,’
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । केहीबेर अगाडी मात्र उनको शल्यक्रिया सक्किएको एक चिकित्सकले जानकारी दिएको छ ।
‘नयाँ किड्नीले काम गर्न पनि थालिसकेको छ,’ ती चिकित्सकले भने। प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन्।











