आगलागी हुँदा ११ वर्षीय बालकको मृत्यु 

हेटौडा न्युज
२१ फाल्गुन २०७६, बुधबार २२:५४
;

सल्यानमा आगलागी हुदाँ ११ वर्षीय बालकको मृत्यु भएको छ । शिद्धकुमाख गाउँपालिका वडा नं. १ बाँझकाँडा निवासी रत्नलाल बुढाथोकीको घरमा आगलागी हुँदा उनका ११ वर्षीय छोरा दुर्गाबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता उमाकान्त जोशीका अनुसार गएराति आगलागी हुँदा बालकको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । 

घरमा लागेको आगो नियन्त्रणमा लिएपछि मात्रै सबैभन्दा माथिल्लो तलामा बालकको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 
शव पोष्टमार्टमका लागि बुधबार जिल्ला अस्पताल सल्यान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*