शिकरकटेरिमा बस दुर्घटना ३ जनाको मृत्यु

मकवानपुरको शिखरकटेरीमा बस दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।
मकवानपुरको मकवानपुर गढी गाउँपालिका- २ शिखरकटेरीको कान्ति लोक पथ सडक खण्डमा बसको ब्रेक फेल भएर दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुरको जितपुर भञ्ज्याङ् बाट जन्ती लिएर गढी गाउँपालिकाकै वडा नं. ७ सुकौरा जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस दुर्घटना भएको हो।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।