जिप दुर्घटनामा सचिवको मृत्यु, सात जना घाइते

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार १५:०६
;

गोरखामा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन ।गोरखा आरुघाट गाउँपालिका-१ मान्बुमा बुधबार राती जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आरुघाटबाट धार्चे गाउँपालिका-६ काशीगाउँतर्फ जाँदै गरेको ग १ ज ५५०५ नम्बरको जिप मान्बुको धोरत जंगलमा दुर्घटना भएको हो । दुर्घटनामा लमजुङ बाहुनडाँडाका घर भएका धार्चे गाउँपालिका–६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ, निशा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, केयरसिङ गुरुङ, सुरज नेपाल र शर्मिला गुरुङ रहेको प्रहरिले जनाएको छ । घाइतेमध्ये चालक बालचन्द्र गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब दुई मिटर तल खसेको छ ।

मान्बुकै स्थानीय स्वास्थ्य चौकीमा घाइतेहरुको उपचार भइरहेको छ । धार्चे गाउँपालिका–६ काशीगाउँमा जेष्ठ नागरिक अपाङ्गता परिचय पत्र वितरण गर्न गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी टोली त्यसतर्फ लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*